विन्डोजमा सिस्टम इमेज ब्याकअप भनेको तपाईंको ‘सी’ (C) ड्राइभको ठ्याक्कै प्रतिलिपि हो, जसमा तपाईंको विन्डोजको एक्टिभ इन्स्टल्लेसन, इन्स्टल भएका सबै एपहरू र ती एपका लागि सबै कन्फिगरेसन र डेटा फाइलहरू समावेश हुन्छ ।

सिस्टम ड्राइभ फेल भएको अवस्थामा तपाईंले नयाँ ड्राइभमा यो सिस्टम इमेज रिस्टोर गरेर पहिलेजस्तै चलाउन सक्नुहुन्छ । सिस्टम इमेज प्रायः विन्डोज सिस्टमको वास्तविक स्टेट रिस्टोर गर्नको लागि प्रयोग गरिन्छ ।

विन्डोज ११ मा सिस्टम इमेज ब्याकअप क्रियट गर्नका लागि तपाईंलाई विन्डोजको ब्याकअप एण्ड रिस्टोर भन्ने लेगेसी टुल आवश्यक पर्छ । यो टुल विन्डोज ७ र त्यसपछिका सबै भर्सनमा पहिले नै इन्स्टल भएर आएको हुन्छ ।

यसलाई लन्च गर्नको लागि पहिले स्टार्टमा गएर Control Panel टाइप गरी कन्ट्रोल प्यानल खोल्नुहोस् ।  

 

कन्ट्रोल प्यानल खोलेपछि सिस्टम एण्ड सेक्युरिटी सेक्सन अन्तर्गत ब्याकअप एण्ड रिस्टोरको लिंकमा क्लिक गर्नुहोस् ।  

 

ब्याकअप एण्ड रिस्टोर सेक्सनको साइडबारमा रहेको  क्रिएट अ सिस्टम इमेजमा जानुहोस् ।  

त्यसपछि तपाईंलाई ब्याकअप कता सेभ गर्ने भन्ने सोध्छ । यसमा तपाईंले हार्ड डिस्क, एक्स्टर्नल ड्राइभ वा नेटवर्क लोकेशनमध्ये छनोट गर्न सक्नुहुन्छ ।  

त्यसपछि के के ब्याकअप हुन्छ भन्ने कुरा देख्न सक्नुहुन्छ । अब स्टार्ट ब्याकअपमा क्लिक गर्नुहोस् ।  

 

ब्याकअप टुलले के कति ब्याकअप भयो भन्ने जनाउन प्रोग्रेस बार पनि देखाउँछ ।  

ब्याकअप पूरा भइसकेपछि सिस्टम इमेज टुल बन्द गर्नुहोस् । यो ब्याकअप इमेज भएको फाइललाई मोडिफाई गर्ने काम भने नगर्नुहोस् । 

https://unelma.io/LLqXt