साना तथा मध्यम आकारका पसल सञ्चालन गर्ने व्यवसायीलाई लक्षित गरी सञ्चालन हुँदै आएको नेपाली एप हो, कारोबार । केही युवाकाे अग्रसरतामा सुरू भएकाे यो एपले व्यवसायकाे खाता व्यवस्थापन गर्न सघाउँछ ।

 

एपबाट विशेषतः अनलाइन तथा अफलाइनमा कारोबारको जानकारी राख्न, खरिद बिक्रीको रिपोर्ट राख्न, खरिद बिल राख्न, आफूसँग भएको क्यास र बैङ्कमा भएको रकमको जानकारी, आम्दानी र खर्चको रिपोर्ट राख्न सकिन्छ ।

 

यो एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ ।

 

आज हामी एप कसरी चलाउने र के के विशेषता छन् भनेर भिडिओमार्फत जानकारी दिँदै छौं ।