काठमाडाैं । हालै भएकाे एक अध्ययनले सन् २०२२ काे काे अन्त्यम्म पाँच अर्ब तीन करोड मोबाइल फोन फोहोरमा फालिने देखाएकाे छ । जसलाई विद्युतीय फोहोरका रुपमा लिइन्छ ।

उक्त अध्ययन ‘वेस्ट इलेक्ट्रिकल एन्ड इलेक्ट्राेनिक इक्विप्मेन्ट फाेरम’ (डब्लूईईई) ले जुनदेखि सेप्टेम्बर महिनासम्म ग्लाेबल ट्रेड डेटाका आधारमा गरेकाे थियाे । यी फाेन एक अर्कामाथि खप्टाएर राख्ने हाे भने ३० हजार माइलभन्दा अग्‍लाे टावर बन्ने र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको कक्षभन्दा १२० गुणा अग्लो हुने अध्ययन रिपाेर्टमा बताइएकाे छ ।

.

हाल विश्वमा १६ अर्ब फाेनहरु प्रयाेग भइरहेकाे अनुमान रहेकाे छ । उक्त अध्ययनका अनुसार सन् २०३० सम्ममा फाेनहरुकाे विद्युतीय फोहोर वार्षिक रुपमा ७४ मिलियन टन उत्पादन हुने देखिएकाे छ ।

विद्युतीय उपकरणहरुबाट उत्पादन हुने फाेहाेरहरु जस्‍तै; तामाका तार, ब्याट्रीहरूमा भएका कोबाल्ट आदि नकुहिने फाेहाेरहरु हुन्, जसले प्रकृतिमा गम्भीर असर पुर्‍याउने भएकाले यिनीहरुलाई पुनर्प्रयाेग गर्नुपर्ने अध्ययनकाे सुझाव छ ।

हाल विश्वमा भएका विद्युतीय फोहोरमध्ये १७ प्रतिशतमात्र पुनर्प्रयाेग गर्ने गरिएकाे छ, जसलाई संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय दूरसञ्चार संघले अर्को वर्षभित्र ३० प्रतिशतसम्म पुर्‍याउने लक्ष्य राखेको छ ।

अध्ययनका अनुसार धेरै मान्छेहरुले पुरानाे फाेनहरु राख्‍ने, तर त्यसलाई पुनर्प्रयाेग नगर्ने देखिएकाे छ । बेलायतमा मात्रै २० मिलियन विद्युतीय सामग्रीहरु प्रयोगविहीन भएकाे देखिएकाे छ ।

अध्ययनले विद्युतीय फोहोरलाई मावन स्वास्थ्य र प्रकृतिलाई असर पुर्‍याउने विश्वकाे सबैभन्दा छिटा‍े वृद्धि भइरहेकाे एक जटिल समस्याकाे रुपमा लिएकाे छ ।

https://unelma.io/QkoC1