मार्क जुकरबर्गले सन् २००४ मा फेसबुक स्थापना गरेसँगै कम्पनीमा कर्मचारीको सङ्ख्या बढाउँदै गए । अन्य साेसल मिडिया एप र व्यवसाय अधिग्रहण गरेपछि अझ आक्रामक बनेको फेसबुकका पछिल्ला दिन भने सन्तोषजनक छैनन् ।

कम्पनीले घाटा व्यहाेरिरहेकाे छ भने कर्मचारीहरू लगातार कटाैती गरेकाे छ । पछिल्लाे रिपाेर्टअनुसार जुकरबर्गले ११ हजारभन्दा बढी कर्मचारी कम्पनीबाट निकालेकाे तथ्य सार्वजनिक भएकाे छ । गत सेप्टेम्बर महिनासम्म पनि कम्पनीमा काम गर्ने कुल कर्मचारीको सङ्ख्या ८७ हजार ३१४ थियो ।

"म यो निर्णयको जवाफदेही लिन चाहन्छु," जुकरबर्गले कम्पनीबाट निकालिएका कर्मचारीलाई पठाएको चिठीमा लेखेका छन्, "मलाई थाहा छ यो सबै कठिन छ । यस निर्णयबाट प्रभावित सबै कर्मचारीबाट म माफी माग्न चाहन्छु ।"

केही साताअघि माइक्राेब्लगिङ प्लेटफर्म ट्वीटरको स्वामित्व एलन मस्कले लिएपछि ट्वीटरका पनि सयाैं कर्मचारी निकालिएका थिए । ट्वीटरको तुलनामा फेसबुकले निकालेका कर्मचारीको सङ्ख्या तीन गुणाले बढी रहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यस वर्ष मेटा आर्थिक चुनाैतीसँग जुधिरहेकाे छ । कम्पनीको आम्दानीको मुख्य स्रोत डिजिटल विज्ञापन नै पछाडि परेपछि कम्पनी घाटातर्फ गएकाे विश्लेषण गरिएकाे छ ।

त्यस्तै फेसबुकभन्दा धेरैपछि आएका टिकटक लगायतका नयाँ एपले अहिले बजार लिइरहेका छन्, जसले गर्दा पनि कम्पनीको मुख्य आम्दानी घटेकाे हाे ।

कोभिड महामारीमा कम्पनीले राम्रो आम्दानी गरेपछि मेटाले कर्मचारी सङ्ख्या थप विस्तार गरेको थियो । गत सेप्टेम्बरमा मात्र मेटामा अघिल्लो वर्षभन्दा २८ प्रतिशत बढी कर्मचारी थिए ।  "दुर्भाग्यवश, यो 
https://u16p.com/k2abk3so2j