अब काठमाडौं महानगरपालिकाको सम्पूर्ण राजश्व खल्ती डिजिटल वालेटबाट तिर्न सकिने भएको छ । खल्तीले करदाताहरूका लागि काठमाडौं महानगरपालिकासँग साझेदारी गरी आफ्नो राजस्व सङ्कलनमा डिजिटलाइजेसनका लागि कर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ ।

यो सुविधा उपलब्ध भएलगत्तै करदाताले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू जस्तै; घर बहाल कर, सम्पति कर व्यवसायको कर अब खल्ती मार्फत सहजै भुक्तानी गर्न सक्नेछन् । यसअघि यो सेवा करदाता पोर्टलमा लगइन गरी मात्र उपलब्ध थियो भने अब खल्तीको एपबाट सिधै भुक्तानी गर्न सकिनेछ ।सेवाबारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, “हाम्रो लक्ष्य भनेको जनताको दैनिक भुक्तानीलाई सहज बनाउनु हो । यस प्रक्रियामा हामीले विभिन्न स्थानीय सरकार र अधिकारीहरूसँग साझेदारी सुरु गरेका छौं । काठमाडौं महानगरपालिकासँगको यो साझेदारीले पारदर्शी र प्रभावकारी राजस्व संकलनका लागि निश्चित रूपमा लाखौं घरपरिवारलाई कर भुक्तानीको आनन्द लिन सक्षम बनाउनेछ।” 

महानगरको कर खल्तीबाट तिर्न यसो गर्नुहोस्:

- खल्ती एपको होम स्क्रिनमा गई “लोकल गभर्मेन्ट” मा जानुहोस्

- “काठमाडौं महानगरपालिका” छनौट गरि कर भुक्तानीकर्ता आईडी राख्नुहोस् 

- कर भुक्तानी प्रकार छनाेट गर्नुहोस्ः

● घर बहाल कर

● सम्पत्ति कर

● व्यवसाय कर

- विवरणहरू प्रमाणित गर्नुहोस् र भुक्तानी गर्नुहोस् ।

- भुक्तानी विकल्प खल्ती वालेट वा लिङ्क गरिएको बैंक खाता चयन गर्नुहोस् ।

- भुक्तानी गरेको बिल खल्तीको कारोबार सेक्सन् (ट्रान्ज्याक्सन हिस्ट्री) मा प्राप्त गर्न सकिनेछ ।
 https://u16p.com/olrh1dldwj