फिफा विश्वकप २०२२ को विजेता बनेसँगै लिओनल मेस्सीले इन्स्टाग्राममा राखेको फोटो सबैभन्दा बढी लाइक पाउने व्यक्तिगत फोटो बनेको छ । अपलोड भएको १८ घण्टामा चार करोड ५० लाख बढी लाइकका साथ इन्स्टाग्राममा सर्वाधिक लाइक हुने दोस्रो फोटो बनेको छ ।

यसअघि पोर्चुगलका स्टार फुटबलर क्रिश्चयानो रोनाल्डोले लुइ भितनको प्रचारका लागि राखेको उनी र मेस्सीको फोटो सर्वाधिक बढी लाइक पाउने फोटो बनेको थियो । उक्त फोटोलाई पछि पार्दै मेस्सीले विजयी मनाएको फोटोले नयाँ रेकर्ड बनाएको हो ।

 

इन्स्टाग्राममा सर्वाधिक बढी लाइक पाउने अण्डाको फोटो रहेको छ । उक्त फोटोमा हालसम्म पाँच करोड ६२ लाख बढी लाइक रहेको छ । करिब तीन वर्षअघि राखिएको उक्त फोटोले सर्वाधिक बढी लाइक हुने फोटोको वर्ल्ड रेकर्ड राखेको छ ।

यससँगै मेस्सीको फोटो दोस्रो स्थानमा रहेको छ । उक्त फोटोले २४ घण्टापछि सर्वाधिक लाइक भएको फोटोको रेकर्ड राख्नसक्ने अनु​मान गरिएकाे छ । त्यस्तै पछिल्लो समय मेस्सीको इन्स्टाग्राम अकाउन्टमा पनि फलोअरको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ ।

 

आइतबार विश्वकप फुटबलको फाइनल खेल हुनुअघि मेस्सीको इन्स्टाग्राम अकाउन्टमा ३९ करोड २० लाख बढी फलोअर थिए भने अहिले लगभग ३९ करोड ९० लाख फलोअर पुगेका छन् । अर्थात् २५ घण्टाको समयमा मेस्सीको अकाउन्टमा ७० लाख बढी फलोअर बढेका छन् ।

https://u16p.com/9rwshkue0r