सेवाप्रदायकहरूले समयमा नै अव्यवस्थित तारहरूको व्यवस्थापन गर्न नसके पछि विद्युत प्राधिकरण आफैले पोलमा झुण्डिएका तारहरू हटाउने भएको छ ।
प्राधिकरणले कात्तिक १५ गते एक सूचना जारी गर्दै प्राधिकरणको पोलमा झुण्डिएका अव्यवस्थित तथा प्रयोगमा नभएका तारहरू हटाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको थियो । यद्यपि उक्त काम प्रभावकारी रुपमा हुन नसकेको र ताकेता गर्दा गर्दै पनि काम सुस्त भएको भन्दै प्राधिकरण आफैले तार हटाउने निर्णय लिएको हो ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै आफ्नो विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर केबल/कोअक्साइल केबल तथा पोलमा जथाभावी झुण्डाइएका उपकरणहरूको व्यवस्थापन गर्ने काम नभएको जानकारी दिएको छ । यसैले आफैले उक्त तार र उपकरणहरू हटाउने सूचनामा उल्लेख छ ।
सूचनाका अनुसार प्राधिकरणले पुस ११ गतेबाट त्रिपुरेश्वर-सुन्धारा-रत्नपार्क-केशरमहल-लैनचौर-लाजिम्पाट-नारायणगोपाल चोक-बुढानिलकण्ठ खण्डको अव्यवस्थित तार र उपकरणहरू हटाउन सुरु गर्नेछ । यसक्रममा हुनसक्ने नोक्सानीको लागि प्राधिकरण जिम्मेवार नहुने पनि उल्लेख गरिएको छ । साथै सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति भने क्षमाप्राथी भएको प्राधिकरणले जनाएको छ ।
Search
Categories
- Economy
- Blog
- Article
- Art
- Causes
- Crafts
- Dance
- Food and Drinks
- Movies & Films
- Health & Fitness
- Software & Games
- Home & Gardening
- Literature
- Music
- Networking
- Other
- Party
- Religion
- Shopping & e-Commerce
- Sports
- Theater
- Wellness
- Nepal & Nepalese
- South-east Asia
- e-Sathi
- Technology
- Politics & Politicians
- Photography
- Business
- Develops
- Information Technology
- News
- Animal and Pets
- Climate change & Global Warming
- Travel & Tourism
- Educations
Read More
After We Fell pdf
http://ebookspdf.xyz/2020/03/17/after-we-fell-pdf/
The best teams in FIFA 22 Career Mode - Choose a good start
The most popular mode in the FIFA series of games is the Ultimate Team mode, also known as FUT....
How to select CO Monitor?
In the chemical industry, because the carbon monoxide detector can continuously detect the...
गुगल ड्राइभका फाइल अर्को अकाउन्टमा कसरी ट्रान्सफर गर्ने ?
काठमाडौं । गुगलले आफ्ना प्रयोगकर्ताका लागि प्रदान गर्ने अनलाइन फाइल स्टोरेज सेवा हो, गुगल...