नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयको कार्य सञ्चालन र व्यवस्थापन प्रणालीलाई डिजिटलाइज गर्ने घाेषणा गरेका छन् ।
सोमबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि मन्त्री पौडेलले अर्थ मन्त्रालय र मातहतका सबै निकायमा अनलाइन प्रणाली कार्यान्वयन गर्ने पहिलो निर्णय गरेका हुन् ।
मन्त्रालयको कार्य सञ्चालन र व्यवस्थापन प्रणालीलाई छरिताे र प्रविधिमैत्री बनाउने निर्णयमा मन्त्री पाैडेलले हस्ताक्षर गरेका हुन् ।