युट्युबले आउँदो फ्रब्रुअरी १ देखि शर्टस् प्रयोगकर्ता अर्थात् भिडियो क्रियटरलाई विज्ञापनबाट आउने आम्दानी शेयर गर्ने भएको छ । लामो समयदेखि युट्युब प्रयोगकर्तालाई यो सेवा उपलब्ध गराउँदै आएको कम्पनीले अब शर्ट्स प्रयोगकर्तालाई पनि प्रतिफल बाँड्ने भएकाे हाे ।

यसका लागि कम्पनीले आम्दानीसाझेदारी कार्यक्रम ल्याउने तयारी गरेकाे छ । यसअन्तर्गत क्रियटरले आफ्नो शर्ट्समा आएको भ्युज तथा विज्ञापनका आधारमा रकम प्राप्त गर्नेछन् । त्यसका लागि कम्पनीले साझेदार कार्यक्रमको शर्तहरु उपलब्ध गराउने छ ।

उक्त शर्त जुलाई १० सम्म पालना गरिसक्नुपर्ने जनाइएको छ । शर्त पालन गर्ने क्रियटरको हकमा मात्रै यो साझेदार कार्यक्रम लागू हुने छ ।

यसअघि नै तय भएअनुरुप कम्तीमा एक हजार फलोअर भएका र ९० दिनको अवधिमा शर्ट्समा एक करोडभन्दा बढी भ्युज भएका क्रियटरले यस कार्यक्रमका लागि आवेदन दिनसक्ने जनाइएको छ । यति भएपछि उनीहरूले नयाँ ‘शर्ट्स  मनिटाइजेसन मोड्युल’ लाई पालना गरेको हुनुपर्ने छ ।

https://u16p.com/qfxpd3cx78