आईफोनको इमर्जेन्सी एसओएस फिचरले गर्दा क्यानडाका दुई महिलाको सफल उद्धार भएको छ । एप्पलले पछिल्लो समय सार्वजनिक गरेको आईफोन १४ सिरिजमा स्याटलाइट इमर्जेन्सी एसओएस फिचर समावेश गरेको छ ।
याे सुरक्षा फिचर विशेषगरी फोनको नेटवर्क नहुने ठाउँमा हराएको बेला आपतकालीन सेवा पाउन सकियोस् भनेर कम्पनीले उपलब्ध गराएको हाे ।
टाइम कोलोनिस्टमा प्रकाशित समाचार अनुसार हराएकामध्ये एक महिलासँग आईफोन १४ फोन थियो । क्यानडाकाे अल्ब्रेटामा ती दुई महिला डिसेम्बर २३ मा गाडी लिएर घुम्न गएका थिए । उनीहरूले यात्रा गरिरहेको राजमार्गमा अगाडि दुर्घटनाका भएका कारण बन्द भएको हुन्छ ।
त्यसपछि उनीहरू गुगल म्याप्सकाे सहयाेगमा वैकल्पिक रूट हुँदै अगाडि बढ्छन् । जाँदा जाँदै उनीहरू अनकन्टार डाँडामा फस्छन् । उनीहरू पुगेको डाँडामा हिउँ परेको हुन्छ ।
उनीहरू पुगेको ठाउँबाट हाइवेको बाटो करिब २० किलाेमिटर तल रहेको हुन्छ । फोनमा नेटवर्क नहुँदा म्याप पनि प्रयोग गर्न सक्दैनन् । उनीहरूलाई आफू कहाँ छौँ भन्ने कुरा थाहै हुँदैन ।
"त्यहाँ कुनै नेटवर्क सेवा हुँदैन, तर तीमध्ये एउटा महिलासँग आईफोन १४ रहेछ । सो फोनमा एसओएस एक्टिभेट भएपछि उनीहरूलाई उद्धार गर्न हामी पुगेका हौँ," उद्धार टाेलीमा खटिएका ड्वाइट याेचिमले भने ।
उनका अनुसार ती महिलाले आईफोनमा एसओएस सर्भिस एक्टिभेट गरेकाले एप्पलको कल सेन्टरमा मेसेज गएको थियो । त्यसपछि कम्पनीले उक्त म्यासेज क्यानडाको कल सेन्टर नर्थन ९११ मा फरवार्ड गर्यो । यसपछि तत्कालै कल सेन्टरबाट महिलाको लोकेसन डिटेल्स दिएर उद्धारकर्तालाई खटाइयो ।
यो घटना ब्रिटिश कोलम्बियामा पहिलो पटक भएको उनको दाबी छ । ती महिलाले एसओएस फिचर एक्टिभेट गरेपछि र्याबसन भ्याली सर्च र आरसीएमपीका उद्धारकर्ता त्यहाँ पुगेका थिए ।
उद्धारकर्ता डाँडामा पुगेपछि उनीहरू ती महिलाको उद्धार भएको उनीहरूको भनाइ छ । यदि ती महिलाले एसओएस फिचर प्रयोग नगरेको भए उनीहरूलाई भेट्टाउन हप्तौँ लाग्ने उद्धारकर्ताले बताएका छन् ।
गाडीलाई धक्का लगाएर उल्टो बाटोमा फर्काउँछन् । र, महिलालाई उद्धार गरेर सुरक्षित उनीहरूको घरमा पुर्याउँछन् ।