सबै सरकारी सेवा दिने गरी ल्याइएको नागरिक एपको सामाजिक सञ्जालमा व्यापारिक मेलाको विज्ञापन पोस्ट भएको छ । नागरिक एपको फेसबुक पेज र ट्वीटर ह्याण्डलबाट राजधानीको भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक मेलाको प्रचार गरेको पाइएको हो ।

उक्त पोस्टको क्याप्सनमा क्यान इन्फोटेक नागरिक एपको स्टल राखिएको र त्यहाँबाट एपको बारेमा जानकारी लिन, सहायता लिन र सुझाव दिन सकिने उल्लेख छ । तर फोटो पोस्टमा टाइटल स्पोन्सर, मेलाको लोगो र डिशहोमको लोगो भएको आयोजकको डिजाइन जस्ताको त्यस्तै समावेश छ ।

फोटो पोस्टमा क्यान इन्फोटेकमार्फत आफ्नो व्यवसाय वृद्धि गर्न भन्दै मेलाको व्यापारिक प्रचार गरिएको छ । पोस्टमा रहेको डिजाइन सम्पूर्ण रूपमा मेलाको प्रचारप्रसारसँग सम्बन्धित छ, जसमा नागरिक एपको नामोनिसान देखिँदैन ।

नागरिक एपका अधिकारीहरूले भुल वश विज्ञापन सामग्री पोस्ट भएको भन्दै हटाउने जवाफ दिएका छन् । यो व्यापारिक पोस्ट मेलाको आयोजक कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघले नै बनाएको हो ।

https://u16p.com/zmtxtgurte