पशुपति क्षेत्रमा शिवरात्रि मनाउन आएका भारतीय साधु बाबाले इन्टरनेट माग गर्नु जायज नभएको पशुपति क्षेत्र विकास कोषले बताएकाे छ । संस्थागत रूपमा माग नभएकाले र माग गरेपनि त्यस्ता माग तर्कसङ्गत नभएको कोषकाे तर्क छ ।

टेकपानासँग कुरा गर्दै पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती रमण अधिकारीले भने, "औपचारिक रूपमा साधुहरूले इन्टरनेट माग गरेका छैनन् । साधुले निःशुल्क इन्टरनेट माग गरे भनेर उठाइएको विषयमा सत्यता छैन । यो माग गर्ने विषय पनि होइन ।"

उनले अगाडि भने, "हामीलाई अहिलेसम्म संस्थागत रूपमा कसैले औपचारिक माग गरेका छैनन् । ध्यान गर्ने मान्छेलाई के को इन्टरनेट ?"

सांसारिक सुख सुविधा त्यागेको मान्छेले इन्टरनेट माग गर्ने विषय नै नभएको प्रवक्ता अधिकारीको तर्क छ ।

"यसै पनि इन्टरनेट प्रयोग गर्न पाएन भन्ने मान्छे साधु हुन्छ ? अरूले माग गरेको विषयमा साधुलाई जोडिएको होला । यो माग गर्ने विषय पनि होइन दिने विषय पनि होइन," उनले थपे ।

व्यक्तिलाई आवश्यक पर्‍यो वा इमर्जेन्सी भयो भने पशुपति क्षेत्रभित्र फ्रि इन्टरनेट प्रयोग गर्न सकिने उनले बताए । साधुहरूको विषयमा भने उनीहरू ध्यान गर्न आएको कि इन्टरनेट चलाउन आएको भन्दै उनले प्रश्न तेर्साएका छन् ।

सांसरिक मायामोह छोडेर भगवानको खोजीमा हिँड्ने अनि इन्टरनेट प्रयोग गर्न पाएन भन्ने गुनासो गर्ने । हामी सधैं इन्टरनेट प्रयोग गर्ने मान्छे त इन्टरनेटबिना एक दिन रहन सक्छौँ, उनीहरू रहन सक्दैनन् ?," उनी भन्छन् ।

https://u16p.com/qu96x3oqpm