क्यानडेली सरकारले सरकारी डिभाइसमा टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको छ । यो भन्दा अगाडि अमेरिकाले हालै मात्र सरकारी कामकाजका लागि प्रयोग हुने सबै डिभाइसहरुमा टिकटक प्रतिबन्ध गर्ने निर्णय लिएको थियो । 

यसको केही समय पनि नबित्दै क्यानडाले पनि यस्तो निर्णय गरेको हो । क्यानेडेली सरकारले सरकारबाट जारी भएका सम्पूर्ण मोबाइल डिभाइसमा टिकटक स्वत: रुपमा हटाउने निर्णय गरेको हो । यो नीति आउँदो मार्च १ बाट लागू हुने बताइएको छ ।    

सरकारले टिकटकमा डेटा सुरक्षित नभएको र साइबर आक्रमणको सम्भावना रहेको कारण देखाउँदै सरकारी डिभाइसमा टिकटक प्रतिबन्ध गर्ने निर्णय लिएको हो ।  यो भन्दा अगाडि अमेरिका र युरोपेली संघले पनि सोही कारण देखाउँदै चिनियाँ एप टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 

टिकटकको अभिभावक कम्पनी बाइटडान्सले आफूले चाहेको बेला प्रयोगकर्ताहरूको डेटा प्रयोग गर्न सक्ने नीति बनाएको अमेरिकी र युरोपेली राष्ट्रहरूको अनुमान छ । यो देशको लागि खतरा हुनसक्ने उनीहरूले धारणा व्यक्त गर्दै आएका छन् ।

टिकटकले आफूहरूले प्रयोगकर्ताको डेटा सुरक्षित राख्ने प्रतिबद्धता जनाउँदै आएपनि पश्चिमेली देशहरूले यो छोटो भिडिओको प्लेटफर्ममाथि प्रतिबन्ध लगाउन सुरु गरेको छ । 

https://u16p.com/an5em0tyqb