सरकारले जनगुनासो सुन्न सञ्चालनमा ल्याएको ‘हेलो सरकार’ स्थानीय तहमा पनि विस्तार गरिने भएकाे छ ।

साेमबार प्रतिनिधिसभामा विश्वासकाे मत माग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले हेलो सरकार सेवालाई केन्द्र सरकारसँगै स्थानीय तहसम्म विस्तार गर्न लागेकाे जानकारी दिए । 

''हेलो सरकारलाई थप प्रभावकारी बनाइएको छ र आगामी दिन स्थानीय तहसम्म विस्तार गरिने छ,'' उनले भने ।

सरकारले जनगुनासो सुन्न सञ्चालनमा ल्याएको हेलो सरकारकाे फेसबुक पेज लामो समयदेखि निष्क्रिय छ भने ट्वीटर ह्यान्डल र वेब पाेर्टल पनि प्रभावकारी हुन नसकेकाे टिप्पणी भइरहेकाे बेला प्रधानमन्त्री प्रचण्डले स्थानीय तहसम्म हेलाे सरकार सेवा सञ्चालनमा ल्याउन लागेकाे बताएका छन् ।

u16p.com/ndevvwgqi2