महानगरपालिका क्षेत्रभित्र सीसीटिभी (क्लोज सर्किट टेलिभिजन) जडान र सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ दिने भएको छ ।

शहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण, सार्वजनिक सम्पत्तिको उपयोग जस्ता शहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन सीसीटीभी जडानमा सहयोग गरेको महानगरपालिकाले जनाएको छ ।

बिहीबार महानगरपालिका प्रमुख बालेन शाहको रोहबरमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

काठमाडौं महानगरपालिकाले दिने रकममध्ये ५० प्रतिशत अर्थात् ३ करोड रुपैयाँ आउँदो १५ दिनभित्र र बाँकी रकम खरिद सम्झौताबमोजिम कार्य सम्पादन भएपछि भुक्तानी दिनेछ ।

 

u16p.com/v3vikzxgkm