जनकपुरधाम । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अब मिटरव्याज पीडितहरूले न्याय पाउने बताएका छन् ।

मिटरव्याजपीडितहरूलाई न्यायका लागि गठित जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा उद्घाटन गर्दै उनले भने, ‘मिटरव्याजपीडितहरूलाई न्याय र पीडकहरूलाई कानूनी कारबाही गर्न यो कार्यालय स्थापना भएको छ ।’

उनले नेपालमा सामन्तवादी शोषणको रूपमा कायम मिटरव्याज समस्यालाई हर हालतमा समाधान गर्ने प्रतिवद्धतासमेत जनाए । मिटरव्याजीलाई संरक्षण गर्न खोज्नेलाई समेत कारबाहीको दायरामा ल्याउने पनि उनले चेतावनी दिए ।

 

गृहमन्त्री श्रेष्ठले आयोगका अध्यक्ष र सदस्यहरूले पाएको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गरे ।

u16p.com/zipu7bnuhx