काठमाडौँ महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८०/०८१ को नीति, बजेट तथा कार्यक्रम नागरिकका चाहनामा आधारित बनाउन सुझाव संकलन संयन्त्र निर्माण गरेको छ ।

यसका लागि महानगरले ​अनलाइन सुझाव संकलन पोर्टल तयार पारेकाे छ । याे पाेर्टलमा महानगरको विकास, सुविधा वितरण, सेवा प्रवाह तथा समृद्धिका लागि कुन-कुन क्षेत्रमा कस्ता नीति बनाउनुपर्ला, कस्ता कार्यक्रम राख्नुपर्ला, बजेटको कस्तो व्यवस्था गर्नुपर्ला लगायत सहरी विकास र व्यवस्थापनसँग सम्बन्धित शीर्षक र उपशीर्षक राखिएका छन् ।

यी शीर्षकले समेट्न नसकेको भए त्यही क्षेत्रको अन्त्यमा राखिएको अन्यमा गएर आफ्ना सुझाव र सुझावसँग सम्बन्धित कागजात अपलोड गर्न सकिनेछ । 

नागरिकका परिकल्पना र समस्या समाधानका न्यूनतम उपाय र योजनाहरूको विवरण जेठ ९ गतेभित्र पठाइसक्नुपर्ने महानगरले जनाएकाे छ । सुझाव [email protected] मा वा नगर कार्यपालिकाको कार्यालयमा पुगेर उपलब्ध गराउन सकिनेछ । 

महानगरसँग पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, कार्यालय सञ्चालन तथा प्रशासन सञ्चालन र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र सम्बन्धित छन् । 

यी विषयमा सुझाव दिन चाहनुहुन्छ भने याे लिंक क्लिक गर्नुहाेस् । यसपछि खुल्ने पेजमा कार्यक्रमसम्बन्धी सामान्य जानकारी, सुझाव पृष्ठमा जाने बटन छ । पेजमा राखिएका २३ ओटा शीर्षकमा कति ओटा सुझाव प्राप्त भए भन्ने विवरण यही पेजमा हेर्न सकिन्छ । 

यहाँ रहेको 'आफ्नो सुझाव दिनोस्' बटन थिचेपछि पुगिने पेजमा 'कार्यक्रम (बजेट) मा सुझाव दिनुहोस्' र 'नीति निर्माणमा सुझाव दिनुहोस्' गरी दुई​ ओटा बटन छन् ।

यी बटनमा छानेर आफूलाई इच्छा भएको शीर्षकमा सुझाव दिन सकिन्छ । त्यहाँ भएका सबै वा आफूलाई आवश्यक भएको शीर्षकमा सुझाव दिन सकिने महानगरले जनाएकाे छ ।

https://unelma.io/aImvq