सरकारले विश्व आर्थिक मन्दीको मारमा बढेको मूल्यवृद्धि नियन्त्रणको सीमामा राख्ने भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बढ्दो महँगी नियन्त्रण गरिने बताए ।

‘कोरोना महामारी र रुस-युक्रेन युद्धका कारण अर्थतन्त्रमा सृजित मूल्यवृद्धि सरकारले नियन्त्रणमा लिनेछ’ सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।