१९ साउन, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार विहान कारोबार सुरु भएसँगै नेप्से परिसूचक बढ्न तालेको थियो ।

कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक बढेर ३ हजार १ सय बिन्दु नाघेको थियो । यो नेपाली सेयर बजारको इतिहासमै उच्च अंक हो ।

तीव्र उचारढवाका बिच नेप्से परिसूचक २ बजेर २२ मिनेटसम्म ३ हजार १ सय ६ दशमलव ९६ अंकमा पुगेको छ । नेप्सेमा कारोबार हुने अधिकांश समूहगत सबइन्डेक्सहरु बढेर हरियो देखिएका छन् ।