काठमाडौं । माइक्रोसफ्टले विण्डाेजको पछिल्लो संस्करण विण्डाेज ११ सावजनिक गरेको छ । विण्डाेज इभेलेन इन्स्टल गर्न खोज्दा धेरै पुराना कम्युटरमा इन्स्टल नहुन सक्छ । तर, पुराना कम्युटरमा पनि यसलाई सहजै इन्स्टल गर्न सकिन्छ ।

‘यो कम्युटरमा विण्डाेज ११ सपोर्ट गर्दैन’ भनेको अवस्थामा पनि विण्डाेज ११ गर्ने तरिका हामी तपाईंलाई बताउँदै छौं । यसको लागि निम्न प्रक्रिया पछ्याउनुहोस् :

१. आफ्नो कम्युटरमा विण्डाेज ११ अपरेटिङ सिस्टम डाउनलोड गर्नुहोस् :

विण्डाेज ११ अपरेटिङ सिस्टम डाउनलोड गर्न माइक्रोसफ्टको वेबसाइटमा जानुहोस् र डाउनलोड विण्डाेज ११ अप्सनमा जानुहोस् । डाउनलोड अप्सनमा क्लिक गरी डाउनलोड बटनमा क्लिक गर्नुहोस् । आफ्नो भाषा छनोट गरी कन्फर्म अप्सनमा क्लिक गर्नुहोस् र ६४ विट डाउनलोड अप्सनमा गएर डाउनलोड गर्नुहोस् ।

विण्डाेज ११ अपरेटिङ सिस्टम डाउनलोड भइसकेपछि अब अर्को प्रक्रिया पछ्याउनु पर्छ ।

२. सीपीयू जाँच बाइपास गर्नका लागि विण्डाेज रजिष्ट्रीलाई सच्याऔं

यसका लागि किबोर्डमा गएर विण्डाेज र आर थिच्नुहोस् । अनि खुलेको रन विण्डाेमा regedit टाइप गर्नुहोस् र इन्टर गर्नुहोस् ।

अब खुल्ने विण्डाेमा Computer\HKEY_LOCAL_MACHINE\SYSTEM\Setup\MoSetup, पेस्ट गर्नहोस् वा HKEY_LOCAL_MACHINE मा क्लिक गरी System and Setup र त्यसपछि MoSetup मा क्लिक गर्नुहोस् ।

त्यसपछि दायाँपट्टि देखिने  New > DWORD (32-bit) Value मा गएर “AllowUpgradesWithUnsupportedTPMOrCPU” माइनस टिक लगाउनुहोस् ।

आफूले निर्माण गरेको नयाँ भ्यालुमा डबल क्लिक गर्नुहाेस् र भ्यालु डेटामा ‘1’ इन्टर गर्नुहोस् ।

अब OK बटनमा थिचि विन्डो बन्द गर्नुहोस् ।

३. अब अघि डाउनलोड गरेको अपरेटिङ सिस्टम इन्स्टल गर्नुहोस् ।

सुरुमा हामीले कम्युटरमा डाउनलोड गरेको विण्डाेज ११ अपरेटिङ सिस्टम इन्स्टल गर्नुहोस् । यसको लागि डाउनलोड भएको फाइलमा राइट क्लिक गरी  Open with > Windows Explorer गर्नुहोस् । र, फाइलमा डबल क्लिक गरी सेटअप अप्सनमा क्लिक गर्नुहोस् ।

यत्ति गरेपछि तपाईंको पुरानो कम्युटरमा पनि विण्डाेज ११ इन्स्टल हुन्छ ।.

https://www.techpana.com/2021/105402/