काठमाडौं । सरकारले ६ महिनापछि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन खुलाएकाे छ । वैशाख १६ देखि रोकिएको अनलाइन आवेदन साेमबारदेखि खुला गरिएकाे यातायात व्यवस्था विभागले जनाएकाे छ ।

यद्यपि आवेदनमा कोटा प्रणाली भने कायमै रहने विभागका प्रवक्ता लोकनाथ भुसालले बताएका छन् । देशभरबाट २१ कार्यालयको आ-आफ्नो क्षमता अनुसारको कोटा अन्तर्गत आवेदन संकलन गर्दा दिनमा करिब पाँच हजारमात्र आवेदन संकलन गरिने उनले बताए ।

लाइसेन्सको लागि नयाँ आवेदन बन्द भए पनि ट्रायल परीक्षा भने सुचारु गरिएको थियो ।

कोरोना महामारीअघिसम्म नयाँ लाइसेन्सको आवेदन दिनेको सङ्ख्या दैनिक आठ हजार थियो  ।

लामो समयसम्म आवेदन बन्द हुँदा लाइसेन्सको माग बढ्ने अनुमान विभागको छ । इच्छुकले यहाँ क्लिक गरेर अनलाइन आवेदन दिन सक्नुहुन्छ ।  

https://www.techpana.com/2021/106626/