भुक्तानी सेवा प्रदायक खल्तीले आफ्ना ग्राहकलाई भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ कारोबार गैरकानूनी रहेकाले यसमा लगानी नगर्न/नगराउन आग्रह गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै खल्तीले नेपालको प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकले पटक-पटक जारी गरेको निर्देशन-सूचना अनुसार यस्तो कारोबार गैरकानूनी रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

नेपालमा कुनै पनि प्रकारका भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सीको कारोबार-प्रयोग तथा सोसँग सम्बन्धित हाइपर फन्डमा लगानी गर्नु्को साथै विभिन्न खाले पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आबद्ध हुने कार्य गैरकानूनी रहेको कुरा हाम्रो सम्पुर्ण ग्राहक महानुभावहरुमा जानकारी गराउँदछौँ । त्यसैले सो सम्बन्धी कुनै पनि गैरकानूनी कार्य नगर्न र नगराउन खल्ती डिजिटल वालेट सबैमा सादर अनुरोध गर्दछ,’ सूचनामा भनिएकाे छ ।

साथै खल्ती डिजिटल वालेट मार्फत सो सम्बन्धी कुनै पनि गैरकानूनी कार्यमा भुक्तानी नलिन, नदिन, तथा लगानी नगर्न नगराउन पनि अनुरोध गरिएकाे छ ।

‘यदि सो कार्य नेपाल भित्र वा नेपाल बाहिर बसी गरे वा गराइएको पाइएमा नेपालको प्रचलित कानून तथा यस संस्थाको आन्तरिक नियम बमोजिम कारबाही गरिने कुरा सबैमा जानकारी गराउँदछौँ,’ सूचनामा उल्लेख छ ।

https://unelma.io/6bk5r