भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भीपीएनले प्रयोगकर्तालाई सुरक्षा दिन्छ भनिन्छ । तर भीपीएनको नाममा धेरै जसोले प्रोक्सीको प्रयोग गरिरहेका हुन्छन् । यसकारण प्रयोगकर्ता सधै वास्तविक भीपीएन र प्रोक्सी सेवामा स्प्ष्ट हुन अति नै आवश्यक छ ।

हुन त यी दुवै सेवा प्रयोगकर्ताको गोपनीयताका लागि लक्षित गर्दै ल्याइएको हुन्छ, जसले तपाईंलाई बेनामी तरिकाले आफ्नो आईपी एड्रेस विभिन्न तरिकाबाट लुकाएर इन्टरनेट पहुँच गर्न अनुमति दिनुहुन्छ। तर यिनीहरूको काम गर्ने शैली भने फरक फरक हुन्छ ।

प्रयोगकर्ताको पहिचानलाई गोप्य राख्नका लागि प्रयोगकर्ताको वाईफाई नेटवर्कसँग जोडिएका सबै इन्टरनेट क्रियाकलापलाई भीपीएनको राउटरले आफ्नो सर्भरमा ल्याउँछ ।

कम्प्युटर तथा मोबाइलहरुमा भीपीएन एप्सहरु हुन्छन्, जसले ती डिभाइसहरुमा भीपीएन एप्स एक्टिभेट गरेर इन्टरनेट चलाउँदा प्रयोगकर्ताको पहिचानलाई गोप्य राख्न सहयोग गर्छ ।
https://unelma.io/XQXvW