स्वास्थ्य बीमा बोर्डले अनलाइनबाट बीमा नवीकरणको भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्तर्गत अब स्वास्थ्य बीमा बोर्ड मार्फत बीमितहरुले कनेक्टआईपीएसको माध्यमबाट आफ्नै बैंक वित्तीय संस्थाको खाताबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

नेपाल सरकारले लागू गरेको उक्त बीमा योजना अन्तर्गत, प्रत्येक बीमित नेपाली परिवारले एक लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्दै आएका छन् ।

यस अन्तर्गत हालसम्म ५३ लाख बढी लाभग्राहीहरु रहेको बताइएको छ । बीमितहरुले अब अनलाइन माध्यमबाट नै आफ्नो बीमालेख नवीकरण र भुक्तानी गर्नसक्ने छन् ।

बीमा नवीकरण भुक्तानीको लागि कनेक्ट आईपीएसमा लगईन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी प्रणालीमा रहेको ‘Government of Nepal’ अन्तर्गत ‘Health Insurance Board’ छनोट गर्नुपर्ने हुन्छ ।

त्यसपछि भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी घरमुलीको बीमा संख्या राखी ‘Make Payment’ मा क्लिक गर्नुपर्ने हुन्छ र आफ्नो परिवारको घरमुलीको नामसहित जम्मा सदस्य संख्या यकिन गरी भुक्तानीको विवरण रुजु गरेपश्चात आफ्नो Transaction Password/OTP प्रयोग गरी बैंक वित्तीय संस्थाको खाताबाटै भुक्तानी गर्न सकिन्छ ।
 https://unelma.io/pW11B