काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा दूरसञ्चार सेवा उपलब्ध गराउन भन्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ ।

महानगरले सोमबार पत्र लेख्दै काठमाडौं उपत्यकाको फोहोरमैला विसर्जन गर्न निर्माण गरिएको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट क्षेत्रमा दूरसञ्चार सेवा उपलब्ध गराई आवश्यक सहयोग गरिदिनु हुनभन्दै प्राधिकरणलाई पत्र पठाएको हो ।

‘ल्याण्डफिल साइट क्षेत्रमा हालसम्म कुनै पनि सेवा प्रदायकको सञ्चार सुविधा उपलब्ध छैन्,’ महानगरपालिकाले प्राधिकरणलाई पठाएको पत्रमा भनिएको छ, ‘यस्तोमा उक्त क्षेत्रमा यथाशीघ्र मोबाइल टावर स्थापना गर्न पहल गरी फोहोरमैला विसर्जनको कार्यलाई सहज तथा सरल तरिकाबाट सम्पन्न गर्न मद्दत गरिदिनु हुन अनुरोध गर्दछौं ।’

काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र साहले फोहोरमैला व्यवस्थानलाई आफ्नो प्राथमिकतामा राखेका छन् । यसै सिलसिलामा उनले ल्याण्डफिल साइटमा दूरसञ्चार सेवाको पहुँच पुर्‍याउन नियामक दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेका हुन् ।
http://unelma.io/dRkfF