स्कुल कलेजको अध्ययन अध्यापनदेखि ठूला-ठूला सेमिनार र सम्मेलनसम्मका लागि अहिले प्रविधिमा आधारित रही ‘प्रेजेन्टेसन’ तयार पार्ने प्रवृत्ति बढ्दो छ ।

यसले कुनै पनि सूचनालाई सहज रुपमा सञ्चार गराउन, दर्शकलाई आफूतर्फ तान्न, आफ्नो ज्ञान तथा विज्ञता प्रदर्शन गर्न, आत्मविश्वास बढाउन लगायतका काम गर्न सघाउँछ ।

पहिले माइक्रोसफ्ट पावर पोइन्टबाट ‘प्रेजेन्टेसन’ बनाइन्थ्यो । तर अहिले विभिन्न अनलाइन/अफलाइन प्लेटफर्ममार्फत सजिलै ‘प्रेजेन्टेसन’ तयार गर्न सकिन्छ ।

अझ पछिल्लो समय एआई एकीकृत गरिएका वेबसाइटबाट निमेष भरमै ‘प्रेजेन्टेसन’ बनाउन सकिन्छ । आज हामी तपाईँलाई यस्ता ‘प्रेजेन्टेसन’ बनाउन सकिने उपयुक्त वेबसाइटबारे जानकारी दिँदैछौं:

ब्युटिफुल डट एआई

यो एआईमा आधारित एक प्रेजेन्टेसन प्लेटफर्म हो । यसबाट केही मिनेटमा नै आकर्षक र व्यावसायिक ‘प्रेजेन्टेसन’ बनाउन सकिन्छ । यसमा पहिल्यै डिजाइन गरिएका थुप्रै प्रिसेट ‘प्रेजेन्टेसन’हरू छन् । त्यस्तै फोटो, भिडिओ र अडियो पनि थप्न सकिन्छ ।

 

डिजाइन डट एआई

यसमा पनि सजिलैसँग पहिल्यै तयार भएका डिजाइन प्रयोग गरी ‘प्रेजेन्टेसन’ बनाउन सकिन्छ । यसमा विभिन्न टेम्प्लेट, ग्राफिक्स इलिमेन्ट र परिमार्जन गर्न सकिने लेआउट आदि हुन्छन्, जसलाई आफूनुकूल बनाउन सकिन्छ । 

 

प्रेजेन्टेसन डट एआई

आफ्नो ‘प्रेजेन्टेसन’ बनाउँदा यो वेबसाइट पनि प्रयोग गर्दा राम्रै हुन्छ । तपाईंले यसमा लेख्नु भएको विवरणका आधारमा ‘प्रेजेन्टेसन’ तयार पारिदिन्छ । यसबाहेक यसमा पनि सम्पादन गर्न सकिने थुप्रै टेम्प्लेट उपलब्ध छन् । 

 

सिन्थेसिया एआई

यो वेबसाइटको मूख्य काम भनेको टेक्स्टलाई भिडिओमा उतार्नु हो । अर्थात् वेबसाइटको प्रयोग गरी सजिलैसँग कुनै भिडिओ बनाउन सकिन्छ । जुन भिडिओ ‘प्रेजेन्टेसन’ बनाउनमा निकै उपयोगी हुन्छ । यो प्रयोग गर्न तपाईंलाई ग्राफिक्स डिजाइनको ज्ञानको पनि आवश्यकता पर्दैन । 

 

स्लाइडस् एआई

‘प्रेजेन्टेसन’ तयार पार्नका लागि यो अर्को एक उपयोगी वेबसाइट हो । यस वेबसाइटमा शैक्षिक, व्यापारिक, मनोरञ्जनात्मक जस्ता थुप्रै कामका लागि ‘प्रेजेन्टेसन’को डिजाइन तयार पारिएक छ । ती मध्ये कुनै एक छनौट गरेर तपाईंले त्यसमा सम्पादन गर्न सक्नुहुन्छ ।

 

क्यानभा म्याजिक प्रेजेन्टेसन

चर्चित अनलाइन ग्राफिक्स डिजाइनिङ टुल क्यानभाले समेत ‘प्रेजेन्टेसन’ बनाउन एआई प्रयोग गरेको छ । हालै क्यानभाले यस्तो फिचर आफ्नो प्लेटफर्ममा थपेको हो । यसमा कुनै ग्राफिक्स डिजाइन तयार पारे जस्तै ‘प्रेजेन्टेसन’ पनि तयार पार्न सकिन्छ ।

वेबसाइटबाट आफूलाई चाहिने कुराहरू सर्च गरेर ‘प्रेजेन्टेसन’ मा थप्न सकिन्छ । जुन काम एकदम सजिलो हुने गर्छ ।

https://unelma.io/W5bZp