काठमाडौं । सन् २००४ देखि सुरु भएको फेसबुकमा हामी यति धेरै अभ्यस्त भइसक्याैं कि हामीलाई नै हाम्रो फेसबुकका कतिपय गतिविधिको बारेमा याद पनि छैन ।

 

यी याद नहुने गतिविधिमध्ये एक हो, हामीले पठाएको फ्रेन्ड रिक्वेस्ट । हामीले कहिलेकाहिँ कसैलाई फ्रेन्ड रिक्वेस्ट पठाएको हुनसक्छ र त्यो रिक्वेस्ट एक्सेप्ट नभएको पनि हुनसक्छ ।

तर लामो समय अगाडि पठाएको फेसबुक रिक्वेस्ट एक्सेप्ट भए/नभएको तपाईंले पनि याद नगर्नु भएको हुनसक्छ ।

 

फेसबुकले एक्सेप्ट भएको रिक्वेस्टको नोटिफिकेशन दिन्छ, तर लामो समयसम्म एक्सेप्ट नभएको रिक्वेस्टको भने नोटिफिकेशन दिँदैन । यस्तोमा कसैको पेन्डिङ लिस्टमा किन बस्ने ?

 

तपाईंको एक्सेप्ट नभएका फ्रेन्ड रिक्वेस्टलाई खोजेर क्यान्सिल गर्न सक्नुहुन्छ । हामी सबैलाई आफूलाई आएको फ्रेन्ड रिक्वेस्ट त हेर्न आउँछ, तर सबैलाई आफूले पठाएको फ्रेन्ड रिक्वेस्ट हेर्न नआउन पनि सक्छ । 

 

यसरी हेर्नुहाेस् आफूले पठाएको फ्रेन्ड रिक्वेस्ट 

– वेबमा फेसबुक खोल्नहोस् ।

– न्युजफिडको सबैभन्दा माथि रहेको होम बटनसँगैको फ्रेन्ड रिक्वेस्टको बटनमा (दुई जना मान्छे जस्तै भएको आइकन) क्लिक गर्नुहोस् ।

 

– स्क्रिनको देब्रेपट्टि भएको फ्रेन्ड रिक्वेस्टको अप्सनमा क्लिक गर्नुहोस् ।

– स्क्रिनको देब्रेपट्टि सानो अक्षरले लेखेको ‘भिउ सेन्ट रिक्वेस्ट’ अप्सनमा क्लिक गर्नुहोस् । 

मोबाइलमा कसरी हेर्ने ?

– फेसबुक खोल्नुहोस् र आईओएसमा स्क्रिनको दाहिनेतिर तलपट्टि रहेको मेनुमा क्लिक गरेर फ्रेन्ड्स अप्सनमा क्लिक गर्नुहोस् अथवा एन्ड्रोइडमा न्युजफिडको माथि होम बटनसँगै रहेको बटनमा क्लिक गर्नुहोस् ।

 

– स्क्रिनमा दाहिनेपट्टि रहेको ‘सि अल’ अप्सनमा क्लिक गर्नुहोस् ।

– स्क्रिनको दाहिनेपट्टि माथि रहेको सर्च वटनसँगैको तीनवटा थोप्लोमा क्लिक गर्नुहोस् ।

– स्क्रिनको तलपट्टि ‘भिउ सेन्ट रिक्वेस्ट’ मा क्लिक गर्नुहोस् ।

https://www.techpana.com/2021/110881/