काठमाडौं । नेपाल सरकारको कुल सम्पत्ति देशका एकमात्र खर्बपति बिनोद चौधरीको भन्दा कम रहेको पाइएको छ । सरकारले सार्वजनिक गरेको तथ्यअनुसार सरकारको कुल सम्पत्ति चौधरीको भन्दा ८२ अर्ब रूपैयाँ कम रहेको तथ्य सार्वजनिक भएको हो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार नेपाल सरकारको कुल सम्पत्ति १ खर्ब ८० करोड ४ लाख २१ हजार रूपैयाँ छ । जसमध्ये सबैभन्दा बढी गृह मन्त्रालयको २७ अर्ब ४४ करोड र रक्षा मन्त्रालयको २१ अर्ब ९२ करोड रूपैयाँ छ । सबैभन्दा कम आदीवासी तथा जनजाती आयोगको १७ लाख रूपैयाँमात्र सम्पत्ति छ ।
https://unelma.io/iL9hH