काठमाडौं महानगरपालिकाले सडक आसपासका अव्यवस्थित तार हटाउने अभियान थालेकाे छ । अव्यवस्थित तारले जाेखिम निम्त्याएपछि महानगरले यसकाे व्यवस्थापन गर्न थालेकाे हाे ।

“अव्यवस्थित तारले बटुवा, सवारी साधनलाई असर गर्नुका साथै आगलागीकाे जाेखिम निम्तिएकाे र सहर नै कुरूप बनाएकाले महानगरले प्रयाेगमा नरहेका अव्यवस्थित तार हटाउन थालेको हाे,” महानगरका सह-प्रवक्ता महेशकुमार काफ्लेले टेकपानासँग भने ।

सहरको सुन्दरता बढाउन तार भूमिगत गर्ने योजनामा महानगरले अध्ययन गरिरहेको पनि उनले जानकारी दिए ।

सम्भवतः दुईदेखि तीन हप्तामा तारहरू कसरी भूमिगत गर्ने वा त्यसको विकल्पमा के गर्न सकिन्छ भन्ने कुराको निर्णय आइसक्ने उनले बताए ।
https://unelma.io/IJsTb