काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र नेपालका लागि अमेरिकाका राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको छ ।

बिहीबार राष्ट्रियसभा गृहस्थित मेयर साहको कार्यकक्षमा राजदूत थम्पसनले भेट गरकेा हुन् ।

भेटमा राजदूत थम्पसनले काठमाडौँसँग संयुक्त राज्य अमेरिकाका विभिन्न शहरहरुसँग भगिनी सम्बन्ध रहेको बताउँदै नगर र नागरिक स्तरीय दिगो सम्बन्धका लागि आफू प्रतिवद्ध रहेको बताए ।

भेटका क्रममा आपसी सिकाई तथा हित प्रवर्द्धन, सम्पदा संरक्षण तथा प्रवर्धन, शहरी विकासका आपसी सिकाई र अभ्यास तथा द्विपक्षीय सम्बन्धमा विषयमा राजदूत थम्पसन र साहले छलफल गरेका थिए ।
https://unelma.io/QmiHc